गाउँपालिका उपाध्यक्षको ससुराको मृत्युमा सार्वजनिक विदा – Nepal Press

गाउँपालिका उपाध्यक्षको ससुराको मृत्युमा सार्वजनिक विदा

काठमाडौं । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाले उपाध्यक्ष गीता तिम्सिना गौतमका ससुराको मृत्युमा सार्वजनिक विदा दिएको छ । उपाध्यक्ष गौतमका ससुरा कृष्णप्रसाद गौतमको मृत्युमा गाउँपालिकाले आज(शुक्रबार) सार्वजनिक विदा दिएको हो । उनको ससुराको ९६ वर्षको उमेरमा बिहीबार मृत्यु भएको थियो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशाशकीय अधिकृत विष्णुप्रसाद पोखरेलले सूचना जारी गर्दै गाउँपालिकाका स्वास्थ्य संस्थाबाहेक सबै कार्यालय बन्द हुने जनाएका छन् ।

गाउँपालिका अध्यक्ष यादव खापुङले गाउँ कार्यपालिका बैठकबाटै निर्णय गरेर सार्वजनिक विदा दिएको बताए ।


प्रतिक्रिया

2 thoughts on “गाउँपालिका उपाध्यक्षको ससुराको मृत्युमा सार्वजनिक विदा

    1. याे त सिधैं प्रतिगमन भैगो भन्ने हामीलाई लाईराछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर