फिल्म तथा मनोरञ्जन क्षेत्रलाई विशेष आर्थिक प्याकेजको व्यवस्था गर्न कार्यदलको सुझाव – Nepal Press

फिल्म तथा मनोरञ्जन क्षेत्रलाई विशेष आर्थिक प्याकेजको व्यवस्था गर्न कार्यदलको सुझाव

काठमाडौं । कोभिड-१९ महामारीले संकटग्रस्त फिल्म तथा मनोरञ्जन उद्योगलाई विशेष आर्थिक प्याकेजको व्यवस्था गर्न सरकारको न्यूनतम साझा कार्यदलले सरकारलाई सुझाव दिएको छ ।

आज बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुलाई बुझाइएको प्रतिवेदनमा कोरोना महामारीले असर पुगेको क्षेत्रलाई प्याकेज र महामारी नियन्त्रणलाई केन्द्रमा राखिएको छ ।

संयुक्त सरकारका प्राथमिकता शीर्षकको ८ नम्बर बुँदामा लेखिएको छ : कोभिडका कारण सङ्कटग्रस्त उद्योगधन्दा, पर्यटन व्यवसाय, सञ्चार, यातायात, पार्टी प्यालेस, सिनेमा तथा मनोरञ्जन उद्योगलगायतका क्षेत्रहरू तथा श्रमजीवी, विपन्न, बेराजगार आदिको उत्थानका लागि बिशेष आर्थिक प्याकेजको व्यवस्था गर्ने ।

कांग्रेस नेता पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले प्रधानमन्त्री देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल लगायतका गठबन्धनका शीर्ष नेतालाई प्रतिवेदन बुझाएको हो ।

बजेटमा फिल्म क्षेत्रलाई गरिएको सम्बोधन पर्याप्त नभएको भन्दै न्यूनतम साझा कार्यक्रममा समावेश गर्न फिल्म सम्बद्ध निकायले माग गर्दै आएका थिए । अहिले फिल्म तथा मनोरञ्जन क्षेत्र ठप्प छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर