सरकारको न्यूनतम साझा कार्यक्रमको केन्द्रमा कोरोना महामारी नियन्त्रण – Nepal Press

सरकारको न्यूनतम साझा कार्यक्रमको केन्द्रमा कोरोना महामारी नियन्त्रण

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाएको छ । सरकारको प्राथमिकतामा यसपटक कोेरोना महामारी नियन्त्रण रहेको छ ।

कांग्रेस नेता पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलले तयार पारेको प्रतिवेदन आज बालुवाटारमा शीर्ष नेताहरुलाई बुझाइएको हो । मीनेन्द्र रिजाल, रमेश लेखक, देव गुरुङ, वर्षमान पुन, राजेन्द्र श्रेष्ठ र महेन्द्र यादव कार्यदलमा सदस्य थिए ।

प्रतिवेदनमा भनिएको छ : संयुक्त सरकारको प्राथमिकता कोभिड–१९ को महामारीबाट उत्पन्न मानवीय संकटको समाधान गर्ने । हेर्नूस थप योजना :

१) आगामी असोजसम्ममा एक तिहाई नागरिकलाई र चैत मसान्तसम्ममा खोप लगाउन योग्य सबै नेपालीलाई निशूल्क खोपको व्यवस्था गर्ने ।

२) स्वास्थ्यकर्मीहरूका लागि व्यक्तिगत सुरक्षा साधन (पिपिइ), उपचारमा खटिएका स्वास्थ्यकर्मीहरू, अस्पतालका कर्मचारी, एम्बुलेन्स चालक, सफाई मजदुर तथा सुरक्षाकर्मीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने ।

३) कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि अस्पताललगायत भौतिक पूर्वाधारको विकासमा प्राथमिकता दिने । खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्न पहल गर्ने ।

४) कोभिड-१९ को सम्भावित तेस्रो लहरको विरुद्ध स्वास्थ्य सचेतना, आवश्यक जनशक्ति र गुणस्तरीय स्वास्थ्यसामाग्रीको व्यवस्थापन र अस्पतालहरूको स्तरोन्नती गर्ने ।

५) स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताको छानबीन गर्ने र दोषीउपर कानुनी कारवाही गर्ने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर