काठमाडौंमा सक्रिय संक्रमित संख्या १० हजार नाघ्यो, १६ जिल्लामा ५०० भन्दा बढी संक्रमित – Nepal Press

काठमाडौंमा सक्रिय संक्रमित संख्या १० हजार नाघ्यो, १६ जिल्लामा ५०० भन्दा बढी संक्रमित

काठमाडौं उपत्यकामा कोभिड-१९ को सक्रिय संक्रमित संख्या बिहीबारसम्म १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा एक्टिभ केस १० हजार ६८ पुगेको छ ।

काठमाडौं जिल्लामा ७०८०, ललितपुरमा १६८९ र भक्तपुरमा १२९९ सक्रिय संक्रमित छन् ।

सक्रिय संक्रमित ५०० भन्दा माथि रहेका जिल्लाहरु : मोरङ, झापा, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोर्खा, रुपन्देही, सुर्खेत

सक्रिय संक्रमित २०० भन्दा माथि रहेका जिल्लाहरु : धनकुटा, धनुषा, बारा, सप्तरी, सिराहा, दोलखा, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, स्याङ्जा, तनहुँ, लमजुङ, दाङ, पाल्पा, बाँके, जुम्ला, कैलाली, कञ्चनपुर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर