‘रोडिज’ चौंथो सिजनको निर्देशकमा हेरफेर : अमनले छाडेपछि सिमोस अनुबन्धित – Nepal Press

‘रोडिज’ चौंथो सिजनको निर्देशकमा हेरफेर : अमनले छाडेपछि सिमोस अनुबन्धित

काठमाडौं । तन्नेरी पुस्तामाझ चर्चित टेलिभिजन रियालिटी सो हिमालय रोडिजको चौंथो सिजनलाई सिमोस सुनुवारले निर्देशन गर्ने भएका छन् । ‘मिसन पैसा’ फेम्ड सुनुवार नेपाली फिल्ममा एक्सन निर्देशकको रुपमा चर्चित छन् ।

अघिल्ला तीनवटै सिजन निर्देशन गरेका अमनप्रताप अधिकारीले हात झिकेपछि निर्माण युनिटले सिमोसलाई निर्देशकमा अनुबन्धित गरेको हो । नयाँ टीमसहित कन्सेप्ट आएको र आफू प्राइम टिभीमा व्यस्त हुनुपर्ने भएको भन्दै अमनले सो छाडेका हुन् ।

सोका निर्णायकमध्येका एक अनुपविक्रम शाहीले भदौ दोस्रो सातादेखि डिजिटल अडिसन सुरु हुने र सम्भवतः दशैं अघि प्रसारण आरम्भ हुने तयारी रहेको नेपाल प्रेसलाई दिए ।

स्रोतका अनुसार सिमोसले नयाँ कन्सेप्टसहित रोडिज निर्देशन गर्ने तयारी गरिरहेका छन् । निर्णायकहरु भने यथावत रहने जनाइएको छ । अनुपसहित आशिष राना लाउरे, दिया मास्के, समन श्रेष्ठ, रेमनदास श्रेष्ठ रोडिजका निर्णायक रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर