अबका भौतिक संरचना अपांगमैत्री बनाइने अर्थमन्त्रीको आश्वासन – Nepal Press

अबका भौतिक संरचना अपांगमैत्री बनाइने अर्थमन्त्रीको आश्वासन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अब बन्ने नयाँ भौतिक संरचनाहरू अपांगमैत्री हुने प्रतिबद्धता जनाएका छन् ।

बिहीबार मन्त्रालयमा स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपालका प्रतिनिधिसँगको भेटघाटमा मन्त्री शर्माले सार्वजनिक संरचनाहरू निर्माण गर्दा अपांगता भएका व्यक्तिको पहुँचमा ध्यान दिने बताएका हुन् ।

नेटवर्कका प्रतिनिधिले सार्वजनिक स्थलहरू अपांगमैत्री नभएको, तीन पाङ्ग्रे सवारी साधन आयातमा कर छुट, दैनिक जीवनमा चाहिने स्वास्थ्य सामाग्रीको सहज उपलब्धलगायतका माग राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर