बुस्टर खोप तत्काल रोक्न ठूला देशलाई डब्लुएचओको आग्रह – Nepal Press

बुस्टर खोप तत्काल रोक्न ठूला देशलाई डब्लुएचओको आग्रह

डा. टेड्रोसले भने : यस्तो गरिए गरिब देश पछि पर्न सक्छन्

काठमाडौं । विश्व स्वास्थ्य संगठनले बुस्टर भ्याक्सिन अभियानलाई तत्काल रोक्न विकसित मुलुकहरुलाई आग्रह गरेको छ । डब्लुएचओ निर्देशक डा. टेड्रोस आधानोमले आगामी सेप्टेम्बरसम्म तेस्रो डोज नलगाउन भनेका हु्न् ।

प्रत्येक मुलुकले कूल जनसंख्याको १० प्रतिशत नागरिकलाई खोप लगाएमात्र बुस्टर खोपका लागि अनुमति दिन सकिने उनको भनाई छ । इजरायल र जर्मनी लगायतका देशले बुस्टर भ्याक्सिन भन्दै तेस्रो डोज लगाउने जनाएका थिए ।

ठूला देशको यस्तो निर्णयले गरिब देश पछि पर्ने भन्दै डब्लूएचओ प्रमुखले यस्तो आग्रह गरेका हुन् । डब्लुएचओका अनुसार न्यून आपूर्तिका कारण न्यून आय भएका मुलुकले एकसयमा १.५ प्रतिशत जनसंख्यालाई मात्र खोप लगाउन सकेका छन् ।

खोप आपूर्तिमा निश्पक्षता र समानुपतिक नियम लागू हुनुपर्ने भन्दै उनले बढीभन्दा बढी खोप न्यून आय भएका मुलुकमा जानुपर्ने समेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर