बँदेलका लागि थापिएको विद्युतीय धरापमा परि दाजुभाइको मृत्यु – Nepal Press

बँदेलका लागि थापिएको विद्युतीय धरापमा परि दाजुभाइको मृत्यु

कैलाली । बैतडीको सुर्नया गाउँपालिका–५ मा बाली खाएर दुख दिने जंगली जनावरका लागि थापिएको विद्यु्तीय धरापमा परि दाजुभाइको मृत्यु भएको छ ।

हिजो राती करीब ९ बजेतिर करेन्ट लाग्दा २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जंगली बदेलका लागि छोडेको करेन्ट लाग्दा दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरिक्षक बोधराज ओझाले जानकारी दिए । ‘बँदेल मार्नका लागि मकैबारीमा करेन्ट छाडिएको रहेछ, उनीहरु बँदेल धपाउन मकैबारी गएका बेला करेन्ट लागेको भन्ने बुझिएको छ ।’

थप अनुसन्धानका लागि भइरहेको प्रहरीले जनाएको छ । किसानले लगाएको मकै बँदेलले सखाप पर्ने थालेपछि बँदेल मार्न विद्युतीय धराप बनाइएको थियो ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर