जापानले नेपाललाई थप स्वास्थ्य सहायता प्रदान गर्ने, १६ लाख डोज खोप चाँडै ल्याउने जानकारी – Nepal Press

जापानले नेपाललाई थप स्वास्थ्य सहायता प्रदान गर्ने, १६ लाख डोज खोप चाँडै ल्याउने जानकारी

काठमाडौं । जापानले नेपाललाई कोभिड-१९ विरुद्ध थप स्वास्थ्य सहायताको घोषणा गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई बुधबार मन्त्रालयमा भेट गर्दै जापानी राजदूत किकुता याकुताले सो कुरा बताएका हुन् ।

आगामी अटम महीना (सेप्टेम्बर-डिसेम्बर)मा जापानले नेपाली अस्पतालहरुलाई स्वास्थ्य उपकरण र जापानमा निर्मित एम्बुलेन्स प्रदान गर्ने दूतावासद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

जापानले दिने भनेको १६ लाख डोज अस्ट्राजेनेका खोप पनि चाँडै नेपाल आइपुग्ने जानकारी राजदूत किकुताले दिए । साथै, जापानले प्रभावकारी र व्यवस्थित खोप अभियान संचालन गर्न पनि सुझाएको छ ।

‘लास्ट वान माइल सपोर्ट’ परियोजना अन्तर्गत जापानले युनिसेफलाई कोल्ड चेन उपकरण प्रदान गरेको र नेपालले खोप व्यवस्थापनका लागि त्यसबाट फाइदा लिन सक्ने आशा पनि राजदूत किकुताले विश्वास लिए ।

राजदूत किकुता र राज्यमन्त्री श्रेष्ठबीच द्धिपक्षीय सम्बन्धबारे पनि छलफल भएको जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर