जसपासम्बन्धी निर्वाचन आयोगको फैसलामा सर्वोच्चको कारण देखाउ आदेश – Nepal Press

जसपासम्बन्धी निर्वाचन आयोगको फैसलामा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको फैसलामा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ ।

जसपाका तत्कालीन अध्यक्ष महन्थ ठाकुरले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कारण देखाउ आदेश दिएको हो ।

ठाकुरले जसपा विवाद निरुपण गर्न आयोगले गरेको ‘हेड काउन्ट’ र आधिकारिकता दिने निर्णय खारेज गर्न मागसहित सर्वोच्चमा दुईटा रिट दायर गरेका थिए।

यसविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको सर्वोच्चले दुवै रिट लगाउमा राखेर सँगै सुनुवाइ गर्नसमेत आदेश गरेको छ । हेड काउन्ट गर्दा उपेन्द्र यादव पक्षमा बहुमत देखिएपछि निर्वाचन आयोगले ११ साउनमा पार्टीको आधिकारिकता यादव पक्षलाई दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर