खोप प्रमाणपत्र अबदेखि जिल्ला अस्पतालबाट पाइने – Nepal Press

खोप प्रमाणपत्र अबदेखि जिल्ला अस्पतालबाट पाइने

काठमाडौं । अबदेखि कोरोनाभाइरस विरुद्ध लगाइएको खोपको प्रमाणपत्र ७७ वटै जिल्ला अस्पतालबाट पाइने भएको छ ।

स्वास्थ्य सेवा विभागले बुधबार सबै जिल्ला अस्पताललाई परिपत्र गर्दै खोप लगाएको प्रमाणीकरण गर्न निर्देशन दिएको हो ।

विदेश जाने श्रमिक तथा विद्यार्थीलाई काठमाडौंमा खोप लगाएको प्रमाणपत्र लिन सकस भएपछि सरकारले सबै जिल्लाबाट प्रमाणपत्र दिने व्यवस्था गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर