निषेधाज्ञा अवधिमा व्यक्तिगत घटना दर्ता छुटेकालाई अबिलम्ब शुल्क छुट दिने सरकारको निर्णय – Nepal Press

निषेधाज्ञा अवधिमा व्यक्तिगत घटना दर्ता छुटेकालाई अबिलम्ब शुल्क छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले कोभिड–१९ नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको अवधिमा व्यक्तिगत घटना दर्ता गर्न ढिलाई गरेवाफत लिइने बिलम्ब शुल्क छुट दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी गराएका हुन् । उनका अनुसार अबिलम्ब शुल्क छुट २०७८ असार १६ गतेदेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको समयावधिसम्म लागू हुनेछ ।

व्यक्तिगत घटना दर्तामा जन्म दर्ता, मुत्यु दर्ता, बसाईसराई, विवाह दर्ता, र सम्बन्ध विच्छेद पर्दछन् । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण ऐन २०७६ अनुसार व्यक्तिगत घटना भएको ३५ दिन भित्र स्थानीय तहमा गएर दर्ता गराइसक्नुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर