ओली सरकारले गठन गरेको भूमि आयोग विघटन – Nepal Press

ओली सरकारले गठन गरेको भूमि आयोग विघटन

काठमाडौं । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोगका सबै संरचना विघटन गरेको छ । सोमबार बसेको नियमित मन्त्रिपरिषद् बैठकले आयोगका सबै संरचना विघटन गर्ने निर्णय गरेको हो ।

केन्द्रीय भूमि आयोग र ७७ जिल्लाकै भूमि समस्या समाधान आयोग विघटनको प्रस्ताव उठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भूमि व्यवस्था मन्त्रालयलाई सोमबार नै निर्देशन दिएको थियो । आयोगका पदाधिकारी हटाउँदा अदालतबाट अन्तरिम आदेश लिएर फर्किने भएकाले आयोग नै विघटन गरिएको जनाइएको छ ।

भूमि आयोगका अध्यक्ष देवी ज्ञवालीले भने राजनीतिक प्रतिशोध लिनका लागि दलित र भूमिहीनले जग्गा पाउनुपर्ने संवैधानले दिएको मौलिक हक नखोस्न आग्रह गरेका छन् । उनले पदाधिकारी हटाए पनि आयोग विघटन गर्न नहुने बताए ।

आयोगले हालसम्म १२ लाख भन्दा बढी भूमिहीनको लगत लिएर कम्प्युटर सिस्टममा राखिसकेको छ । त्यस्तै भूमिहीनलाई वितरण गर्नका लागिग ५ हजार ३ सय २४ विघा जग्गाको लगत समेत लिइसकेको ज्ञवालीले बताए । भूमिहीन पहिचान गरी जग्गा वितरण गर्न ७४३ स्थानीय तहसँग कार्य सम्पादन सम्झौतासमेत भइसकेको अवस्थामा आयोग विघटन गर्दा लाखौं भूमिहीनले फेरि पनि जग्गा नपाउने उनले बताए ।

आयोग विघटन नगर्न भनेर प्रधानमन्त्रीसँग ज्ञवालीले भेट्न खोजे पनि भेट नहुदैँ सरकारले खारेज गरेको छ । यसबीचमा उनले गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर राजनीतिक प्रतिशोधको नाममा भूमिहीनमाथि अन्याय नगर्न आग्रह गरेको बताए ।


प्रतिक्रिया

4 thoughts on “ओली सरकारले गठन गरेको भूमि आयोग विघटन

  1. परमादेशको प्रभाव
    मापशे मोर्चाको अग्रगमनको यात्रा सुरू
    भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

  2. यो देउबा सरकारको अलोकप्रिय काम हो ।यसले काहीँ कतै फाइदा पुर्याउदैन।यसले सुकुम्बासी जनताको अधिकार खोस्ने रसुकुम्वासी नै बनाइ राख्ने काम हो।

  3. देउपा सरकार सुकुम्बासी आयोग खारेज गरेर ठिक गरो, सुकुम्बासी को नाममा अाफन्तहरुकै नाम राखेर देसलाई दाेहन गर्ने गराउने काम मात्र भएको थियो, यसले देसलाई केहि राहत दियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर