फिल्म सुटिङमा ५० प्रतिशत प्रहरी जनशक्ति उपलब्ध गराउन माग गर्दै एआइजीलाई पत्र – Nepal Press

फिल्म सुटिङमा ५० प्रतिशत प्रहरी जनशक्ति उपलब्ध गराउन माग गर्दै एआइजीलाई पत्र

चलचित्र निर्माता संघले बुझायो ६ बुँदे मागपत्र

काठमाडौं । फिल्म छायांकनमा आवश्यक प्रप्स र उपकरण उपलब्ध गराइदिन आग्रह गर्दै चलचित्र निर्माता संघले प्रहरी प्रधान कार्यालयलाई ६ बुँदे मागपत्र बुझाएको छ ।

मंगलबार संघका अध्यक्ष आकाश अधिकारीले प्रहरी नायव महानिरिक्षक वसन्तकुमार लामालाई पत्र बुझाउँदै छायांकनलाई जरुरी हुने हात हतियार, भ्यान, पोशाक, प्रहरी जवान र सहुलियत राजस्वमा सहजीकरण गर्न आग्रह गरेको हो ।

प्रप्स र उपकरण जरुरी परे निर्माता संघमार्फत आउन पनि माग राखिएको छ । तीन दिनभित्र उपकरण उपलब्ध गराउन सके छायांकनलाई सहज हुने, प्रहरी जनशक्ति चाहिएको खण्डमा २५ देखि ५० प्रतिशत जनशक्ति उपलब्ध गराउन पनि माग राखिएको छ ।

प्रहरी भ्यान लिएबापत लाग्ने शुल्क घटाएर १० देखि १५ हजार कायम राख्नुपर्ने, प्रहरीकै निगरानीमा सक्कली हतियारबाट फिल्म छायांकन गर्दा वास्तविक लाग्ने र नक्कली हतियारको सहज रुपमा प्रयोग हुने वातावरण मिलाउन पनि माग गरिएको छ ।

हेर्नूस सूची :

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर