१८ जना जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान (सूचनासहित) – Nepal Press

१८ जना जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान (सूचनासहित)

काठमाडौं । सरकारले १८ जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान गरेको छ ।  खुला तथा समावेशी र आन्तरिक खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गर्न १८ जनाको लागि न्याय सेवा आयोगले दरखास्त माग गरेको हो ।

नेपालको संविधानको धारा एक सय ४९ को उपधारा दुई को खण्ड ‘ख’ र ‘‘ग’ बमोजिम खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने आयोगले जारी गरेको सूचनामा भनिएको छ । जिल्ला न्यायाधीशका लागि आवश्यक न्यूनतम योग्यता संविधानमा तोकिएबमोजिम हुनेछ जनाइएको छ ।

योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र र दोब्बर दस्तुर तिरी थप सात दिन भित्र दरखास्त दिनुपर्ने छ । दरखास्त दस्तुर रामशाहपथस्थित न्याय परिषद् सचिवालयको कार्यालयमा बुझाउनुपर्ने छ । लिखित परीक्षा कार्यक्रम असोज १२ गतेदेखि १७ गतेसम्मका लागि तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर