भुटानबाट पैंचोमा ३ लाख डोज अस्ट्राजेनेका खोप नेपाल ल्याइँदै – Nepal Press

भुटानबाट पैंचोमा ३ लाख डोज अस्ट्राजेनेका खोप नेपाल ल्याइँदै

काठमाडौं । सरकारले भुटानबाट पैंचोस्वरुप ३ लाख डोज अस्ट्राजेनेका खोप ल्याउने भएको छ । दुईसाताभित्रै भुटानबाट उक्त परिमाणको खोप ल्याइने दिल्ली नियोगका डेपुटी चिफ अफ मिसन रामप्रसाद सुवेदीले नेपाल प्रेसलाई जानकारी दिए ।

‘हामीसँग भएको बेला फिर्ता गर्ने सर्तमा सापर्टी अर्थात अ‍ैंंचोपैंचो स्वरुप खोप ल्याउन लागेका हौं’ सुवेदीले भने, ‘केही सातामै खोप आइपुग्छ र प्रक्रिया पनि सुरु भएको छ ।’

थिम्पुबाट ल्याइने सो खोप यसअघि कोभिसिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोज स्वरुप लगाइनेछ । भुटानले ९० प्रतिशत जनसंख्यालाई खोप लगाइसकेको छ र त्यहाँ खोप मौज्दातमा हुने देखिएको छ ।

खोप स्टकमा हुने भएपछि भुटानले नेपाललाई सहयोग गर्न लागेको हो । भुटानलाई पनि भारतले कोभिसिल्ड खोप उपलब्ध गराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर