वीर अस्पतालको प्रमुखबाट जागेश्वर गौतम हटाइए, प्रसूति तथा स्त्री रोग अस्पतालमा सरुवा – Nepal Press

वीर अस्पतालको प्रमुखबाट जागेश्वर गौतम हटाइए, प्रसूति तथा स्त्री रोग अस्पतालमा सरुवा

काठमाडौं ।  पछिल्लो समय लगातार विवादमा मुछिएपछि सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमलाई हटाएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रिस्तरिय निर्णय गर्दै गौतमलाई हटाएको हो।

वीरको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएको दिनदेखी नै गौतम उपकरण खरिदमा सेटिङ गरेको, कर्मचारीलाई अख्तियारमा सेटिङ छ भन्दै धम्क्याउने गरेको लगायतका विषयमा विवादमा आएका मुछिएका थिए । कर्मचारीले मागका विषयमा छलफल गर्न लागेको बेला पनि उनले प्रहरी प्रशासन लगाएर स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कुटाएको आरोप पनि छ ।

गौतमलाई गत जेठ १० गते प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको थियो। गौतमलाई थापाथलीमा रहेको प्रसूती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *