गृहमन्त्रीलाई कोमल वलीको प्रश्न : दार्चुला घटनालाई कम्फर्टेबल बनाउन खोजेको हो ? – Nepal Press

गृहमन्त्रीलाई कोमल वलीको प्रश्न : दार्चुला घटनालाई कम्फर्टेबल बनाउन खोजेको हो ?

काठमाडौ । राष्ट्रियसभामा विपक्षी दलका सांसदहरुले दार्चुला घटनाबारे भारतसँग छलफल गर्न किन डराएको ? भनी गृहमन्त्री बालकृष्ण खाणलाई प्रश्न गरेका छन् ।

गृहमन्त्री खाणले विशेष समय लिएर राखेको धारणाबारे प्रश्नोत्तरमा सहभागि हुँदै नेकपा एमालेका सांसदहरुले भारतीय एसएसबीले तुइन काटेर नेपाली युवाको हत्या गरेकोमा सरकार किन मौन रहेको भनी प्रश्न गरेका हुन् ।

‘सरकारले समितिमात्रै बनाएर बस्न मिल्छ कि हिम्मत गरेर भारतसँग कुरा गर्छ ? कि सरकारले यसलाई कम्फर्टेबल बनाउन खोजेको हो ?’ राष्ट्रियसभा सदस्य कोमल वलीले प्रश्न गरिन् । त्यस्तै सांसद भैरवसुन्दर श्रेष्ठले जयसिंह धामीको मृत्युबारे भारतसँग सरकारले किन कुरा नगरेको भनी प्रश्न गरे ।

सांसद डा. विमला राई पौडेलले तुइन विस्थापनमा भारतीय असहयोगलाई सरकारले कसरी सामना गर्छ भनी प्रश्न सोधेकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर