सरकारको साझा कार्यक्रम बनाउन कार्यदलको बैठक बालुवाटारमा – Nepal Press

सरकारको साझा कार्यक्रम बनाउन कार्यदलको बैठक बालुवाटारमा

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बालुवाटारमा सुरु भएको छ । सरकारको न्यूनतम साझा कार्यक्रममाथि छलफल गर्न कार्यदलका सदस्यहरु बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको प्राथमिकता, न्यूनतम कार्यक्रम र मन्त्रालय बाँडफाँटका विषयमा कार्यदलमा छलफल हुने बताइएको छ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको कार्यदलमा कांग्रेसका डा.मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेका छन् । माओवादीबाट वर्षमान पुन र देवप्रसाद गुरुङ तथा , जसपाबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ रहेका छन् ।

कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरिसकेको छ । ‘तयार भइसकेको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने तथा सरकार सञ्चालनका अन्य विषय टुंग्याउने गरी छलफलमा जुटेका छौ’, कार्यदलका एक सदस्यले नेपाल प्रेससँग भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर