कर्णाली प्रदेश प्रमुखमा खनाल दोहारिने चर्चा – Nepal Press

कर्णाली प्रदेश प्रमुखमा खनाल दोहारिने चर्चा

गलत कामको साक्षी बस्न मात्रै प्रदेश प्रमुख नहुने खनालको भनाइ

सुर्खेत । गठबन्धनको नयाँ सरकारले प्रदेश प्रमुख अमिक शेरचनलाई पुनःस्थापित गरेसँगै कर्णालीमा पूर्वप्रदेश प्रमुख दुर्गाकेशर खनाल पनि प्रदेश प्रमुखमा दोहोरिने सम्भावना बढेको छ । कर्णाली कांग्रेसमा खनाल प्रदेश प्रमुखमा दोहोरिने चर्चा चुलिए पनि खनालले भने ‘तलब मात्रै खान प्रदेश प्रमुख नहुने’ बताएका छन् ।

‘प्रदेश प्रमुख राष्ट्रपतिपछिको संवैधानिक पद हो । संविधानमा नै प्रष्टसँग कार्यकाल तोकिएको छ’ खनालले भने, ‘तर प्रधानमन्त्रीले चाहेको समयमा कार्यकाल पूरा नहुँदै राजनीतिक आस्थाका आधारमा प्रदेश प्रमुख नियुक्ति र खारेज गर्ने परम्परा बस्नु राम्रो भएन । यो सुधार हुन्छ भने राज्यले दिएको अवसर प्रयोग गर्न तयार छु ।’

प्रदेश प्रमुखले भ्रष्टाचार र गलत कार्य देखे पनि नदेखेझैं गर्नुपर्ने अवस्था रहेको उनले बताए । ‘म प्रदेश प्रमुख भएको बेलामा आँखै अगाडि भ्रष्टाचार हुँदा पनि नदेखेझैं गर्नुपर्यो’ उनी भन्छन्, ‘गलत कामको साक्षी बस्न र तलब खान मात्रै प्रदेश प्रमुख हुनुको अर्थ छैन ।’

उनले प्रदेश प्रमुखका लागि आफूलाई अफर आए पनि अहिल्यै तयार भने नभएको बताए । उनले संघीयतालाई कुनै दल वा पार्टी विशेष हेर्न नहुने बताउँदै देश र जनताको भलो हुने रुपमा हेर्न सबैलाई सुझाव दिए ।

ओली सरकारले कर्णाली प्रदेश प्रमुखमा देउवा सरकारले नियुक्त गरेका दुर्गाकेशर खनाललाई हटाएर सुदूरपश्चिमका गोविन्द प्रसाद कलौनीलाई कर्णाली प्रदेश प्रमुखमा नियुक्ति दिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर