नेपाली किसानले नष्ट गरे भारतीय फूल – Nepal Press

नेपाली किसानले नष्ट गरे भारतीय फूल

काठमाडौं । अखिल नेपाल किसान महासंघ र नर्सरी तथा पुष्प उत्पादन किसान संघको नेतृत्वमा नेपाली पुष्प व्यवसायीले भारतीय फूल नष्ट गरिदिएका छन् ।

नेपाली फूलले बजार नपाएको भन्दै उनीहरुले दुई ट्रक भारतीय फूल नष्ट गरिदिएको किसान आयोगका प्रवक्ता जिवन्ती पौडेलले जानकारी दिइन् ।

नेपाली पुष्प व्यवसायीले किसान आयोगसँग आफूहरुको समस्या समाधान गरिदिन पटक–पटक आग्रह गरेका थिए । आयोगले किसानको समस्या समाधान गर्न निकै प्रयास गरेको थियो ।

आयोगका प्रयासका बाबजुत पनि समस्या समाधान नभएको भन्दै किसानले भारतीय फूल नष्ट गरिदिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर