डेढ लाख नगदसहित ६ जुवाडे पक्राउ – Nepal Press

डेढ लाख नगदसहित ६ जुवाडे पक्राउ

झापा । दमक नगरपालिका–८ मा रहेको पेरुङगो होटलमा तास खेलिरहेको अवस्थामा होटल संचालकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट १ लाख ६० हजार रुपैयाँ बरामत गरिएको छ ।

पक्राउ पर्नेमा दमक ७ का होटल संचालक ३२ वर्षीय पदम सुब्बा, दमक ५ का २९ वर्षीय कैलास लिम्बु, सोही स्थानका ३३ वर्षीय मोहन ढुंगाना, दमक ६ का ३८ वर्षीय द्रोणचार्य कार्की, ५० वर्षीय प्रेम सुब्बा र ५० वर्षीय भीम सुब्बा रहेका छन् ।

हिजो बेलुका पौने ५ बजे सो होटलमा जुवाजन्य खेल खेलाइरहेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर