एमाले एकता अन्योलमै, ओली र माधव नेपालका अलग–अलग भेला र बैठक – Nepal Press

एमाले एकता अन्योलमै, ओली र माधव नेपालका अलग–अलग भेला र बैठक

काठमाडौं । नेकपा एमालेको आन्तरिक एकता कायम गर्ने प्रयास निर्णायक चरणमा पुगेका बेला अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालले आज आ–आफ्नो पक्षका अलग भेला र बैठक आयोजना गरेका छन् ।

अध्यक्ष ओलीले अपराह्न स्थायी कमिटी बैठक बोलाएका छन् । माधव नेपालले भने अखिल फोर्सको बृहत् भेला आयोजना गरेका छन् । युथ फोर्सको काउन्टरमा अखिल फोर्स र पिपुल्स भोलेन्टियर्स घोषणा गरेका नेपालले आज कार्की ब्यांक्वेटमा फोर्सको भेलालाई सम्बोधन गर्दैछन् ।

आज एकै समयमा अध्यक्ष ओलीले काठमाडौं जिल्ला कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दैछन् भने नेपालले अखिल फोर्सको भेलालाई । एमाले काठमाडौं जिल्ला कमिटीको पूर्ण बैठक मध्याह्न १२ बजे ड्रिम हाउस पार्टी प्यालेस नयाँ बस्तीमा आयोजना गरिएको छ ।

१० निर्वाचन क्षेत्र, एक महानगरपालिका र १० नगरपालिका रहेको काठमाडौंका अधिकांश जनप्रतिनिधि र जिल्ला नेतृत्व ओली पक्षको छ । पार्टीलाई क्रियाशील गराउन जिल्ला कमिटीको पूर्ण बैठक बोलाइएको सचिव दिपक निरौलाले बताए ।

उता अखिल फोर्सको भेलाले ओली पक्षलाई जस्तासुकै चुनौती सामना गर्न तयार रहेको सन्देश दिन खोजिएको माधवपक्षीय अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर