शुक्रबार कोभिडबाट २७ जनाको मृत्यु, ३६ सय संक्रमित थपिए – Nepal Press

शुक्रबार कोभिडबाट २७ जनाको मृत्यु, ३६ सय संक्रमित थपिए

काठमाडौं उपत्यकामा ८१९ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३६११ जना संक्रमित थपिएका छन् । १४ हजार ६६१ नमुना (९७८३ पीसीआर र ४८७८ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

शुक्रबार थप २७ जनाको मृत्यु भएको छ । १८१६ जना निको भएका छन् । संक्रमणमुक्त हुने संख्या घटिरहेको छ ।

काठमाडौं उपत्यकामा ८१९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ५५६, ललितपुरमा १८७ र भक्तपुरमा ७६ जना संक्रमित थपिएका छन् । कास्कीमा ३३३, सुनसरीमा १७०, झापामा २३६ संक्रमित थपिएका छन् ।

आजको संक्रमण दर २४.६२ प्रतिशत छ ।

कूल संक्रमित संख्या ६ लाख ९३ हजार १०९ पुगेको छ । कूल मृत्यु ९८३४ छ । सक्रिय संक्रमित संख्या ४० हजार ८४८ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर