अनेक माग र आन्दोलनले मध्यपश्चिम विश्वविद्यालयको भविष्यमाथि नै प्रश्न – Nepal Press

अनेक माग र आन्दोलनले मध्यपश्चिम विश्वविद्यालयको भविष्यमाथि नै प्रश्न

सुर्खेत । विभिन्न आन्दोलन र विवादका कारण कर्णाली प्रदेशको एक मात्र विश्वविद्यालयको भविष्यमाथि नै प्रश्न उठ्न थालेको छ । मध्यपश्चिम विश्वविद्यालयमा हुने आन्दोलन, तोडफोडलगायत विभिन्न माग तथा विवादका कारण विश्वविद्यालय नै विघटन हुने हो कि भन्ने चिन्ता बढेको सरोकारवालाहरुले बताएका छन् ।

पछिल्लो समयमा उपकुलपति प्रा.डा.नन्दबहादुर सिंह लक्षित विभिन्न राजनीतिक आरोप लागिरहेको छ । विश्वविद्यालयमा कुनै संगठनले दश बुँदेदेखि कुनै संगठन १९ बुँदेसम्मका माग राखेपछि पढाइसमेत प्रभावित भएको छ ।

केन्द्रमा नयाँ सरकार गठन भएसँगै नेकपा एमालेको ओली पक्षबाहेक अन्य सबै पक्ष आन्दोलित भएका छन् । यसले साउन १५ गतेदेखि हुने भनिएको परीक्षासमेत स्थगित भएको छ ।

मध्यपश्चिम विश्वविद्यालयमा उत्पन्न समस्या र समाधानका प्रयासबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उच्चस्तरीय वार्ता समितिका संयोजक सहप्राध्यापक डा। लिलाधर तिवारीले विश्वविद्यालयमा राजनीतिकरण भएकोमा चिन्ता व्यक्त गरे ।

उनले कुलपति जो भएपनि विश्वविद्यालयमा केही फरक नपर्ने बताउँदै विश्वविद्यालय आफ्नै कानूनअनुसार चल्ने स्वायत्त निकाय हुनुपर्नेमा जोड दिए । ‘विद्यालयले सबैका सबै मागहरु धान्न सक्दैन’ उनले भने, ‘विश्वविद्यालयमा अनावश्यक दलीय राजनीति नगरौं, यसले दुर्घटना निम्त्याउन सक्छ ।’

अनलाइन परीक्षा हुनुपर्ने विद्यार्थीको माग जायज भए पनि विश्वविद्यालय त्यसका लागि सक्षम नभएको उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा एमालेनिकट अनेरास्ववियु र विप्लवनिकट अखिल क्रान्तिकारीबीच सहमति भइसकेको जानकारी दिँदै उनले अन्य आन्दोलनरत सबै संगठनसँग वार्ता भइरहेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *