माइतीघरमा ३४ बुँदे मागसहित शिक्षकहरूको धर्ना – Nepal Press
माइतीघरमा ३४ बुँदे मागसहित शिक्षकहरूको धर्ना
फोटो फिचर
नेपाल प्रेस २०७८ साउन १५ गते ११:०१
२०७८ साउन १५ गते ११:०१

काठमाडौं । विभिन्न पेशागत र नीतिगत मागसहित आन्दोलनरत शिक्षकहरूले आज देशभर धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हानमा शिक्षकहरूले माग पूरा गराउन दबाब दिँदै प्रदर्शन गरेका हुन् ।

अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय महासचिव रमेश रुपाखेतीका अनुसार विगतमा सरकारसँग शिक्षक महासंघले पेस गरेको ३४ बुँदे मागको स्मरण गराउँदै सातै प्रदेश, जिल्ला समन्वय समितिमा दबाबमुलक कार्यक्रम गरिएको जानकारी दिए ।

शिक्षकहरूले संघीय शिक्षा ऐन ल्याइनुपर्ने, सेना, प्रहरी र निजामति कर्मचारीलाई जस्तै शिक्षकका लागि अस्पतालको व्यवस्था गरिनुपर्ने, राज्यको ढुकुटीबाट तलब खाने सबैका छोराछोरी सरकारी विद्यालयमा पढाइनुपर्ने, उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सरुवा/बढुवा वैज्ञानिक गर्नुपर्नेलगायतका माग राखेका छन् ।

सम्बन्धित निकायले आफूहरूको मागलाई बेवास्ता गरे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रदर्शन गरिने रुपाखेतीले जानकारी दिए ।