निर्माणाधीन पुलको खाल्डोमा खस्यो सरकारी स्कार्पियो, एक जनाको मृत्यु – Nepal Press

निर्माणाधीन पुलको खाल्डोमा खस्यो सरकारी स्कार्पियो, एक जनाको मृत्यु

जनकपुरधाम । ढल्वेबर–जनकपुर सडकअन्तर्गत लक्ष्मीनियाँ गाउँपालिकाको सपहीमा सरकारी नम्बर प्लेटको स्कार्पियो पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

आज विहान जनकपुरधामतर्फ आउँदै गरेको ज-२०-०२-०००१ ख ००३५ नम्बरको स्कार्पिओ पुल निर्माणका लागि खनिएको खाल्डोमा खसेको हो ।

प्रहरीका अनुसार स्कार्पियोमा सबार महोत्तरीको भंगहा नगरपालिका-९ बस्ने दीपक यादवको मृत्यु भएको छ ।

यस्तै स्कार्पियोमै सबार ५ जना घाइते भएको र उनीहरुको उपचार प्रादेशिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । स्कार्पियो कुन कार्यालयको भन्नेबारे प्रहरीले केहि बताएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर