माओवादीले सांसदबाट पदमुक्त गराएका पाँच नेताको मुद्दा हेर्न नभ्याइनेमा – Nepal Press

माओवादीले सांसदबाट पदमुक्त गराएका पाँच नेताको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । माओवादी केन्द्रका कारवाहीका आधारमा पदमुक्त भएका ४ जना संघीय सांसद र एकजना प्रदेश सांसदले पुनर्वहालीको माग गर्दै दायर गरेको मुद्दा आज हेर्न नभ्याइनेमा परेको छ ।

प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधवार रिट दायर गरेका थिए । त्यस्तै लुम्बिनीका प्रदेश सभा सदस्य दधिराम न्यौपानेले साउन ४ गते रिट दर्ता गराएका थिए ।

पाँचैजनाको रिटमाथिको सुनुवाइका लागि वरिष्ठतम न्यायाधीश दीपक कार्कीको इजलासमा पेसी तोकिएको थियो । तर, आज हेर्न नभ्याइनेमा परेको सर्वोच्च स्रोतले जनाएको छ ।

उनीहरू पाँचैजनाले आफूहरूलाई माओवादीले गरेको कारवाही गैरकानूनी भएको भन्दै उत्प्रेषणको आदेशबाट सांसद पदमा वहाली माग गरेका छन् । आफूहरूले दल त्याग नगरेको दावीसमेत उनीहरूको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर