कांग्रेस नेता थापा र कोइराला सवार हेलिकप्टर आकस्मिक अवतरण – Nepal Press

कांग्रेस नेता थापा र कोइराला सवार हेलिकप्टर आकस्मिक अवतरण

काठमाडौं । खराब मौसमका कारण नेपाली कांग्रेसका नेता सवारी हेलिकप्टर मकवानपुरको बकैया गाउँपालिकामा आकास्मिक अवतरण गरिएको छ ।

कांग्रेसका युवा नेता गगन थापा, महामन्त्री सशांक कोइराला र रौतहटका सांसद देवप्रसाद तिमल्सिना लगायत चडेको हेलिकप्टर बकैया गाउँपालिकाको च्याउच्याउमा आकास्मिक अवतरण गरिएको हो ।

बकैया गाउँपालिकाका नेपाली कांग्रेसका सभापति भूमीनन्द गौतमले करिब ७ बजे च्याउच्याउमा हेलिकप्टर आकस्मिक अवतरण भएको जानकारी दिए ।

गौतमले भने, ‘रौतहटबाट कार्यक्रम सकाएर साँझ फर्किएको हेलिकप्टर बकैया गाउँपालिकाको च्याउच्याउको खेतमा आकास्मिक अवतरण भएको हो । अहिले थापा, कोइराला, गौतम लगायतका नेता च्याउच्याउबाट हेटौंडाको सामना होटलमा आएर बसेका छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *