पोर्न फिल्म प्रकरण : राज कुन्द्रा थप १४ दिन न्यायिक हिरासतमा, बैंक खाता पनि रोक्का – Nepal Press

पोर्न फिल्म प्रकरण : राज कुन्द्रा थप १४ दिन न्यायिक हिरासतमा, बैंक खाता पनि रोक्का

मुम्बई । पोर्न फिल्म प्रकरणमा राज कुन्द्रालाई थप १४ दिन न्यायिक हिरासतमा पठाउन अदालतले आज आदेश दिएको छ ।

घटनाबारे थप अनुसन्धान गर्ने भएपछि हिरासतमा राख्न अदालतले यस्तो आदेश दिएको हो । प्रहरीले कुन्द्राको दुईवटा बैंक खाता पनि रोक्का गरिदिएको छ ।

कुन्द्राकी पत्नी तथा बलिउड अभिनेत्री शिल्पा सेठ्ठीलाई प्रहरीले पुनः सोधपुछ गर्ने सम्भावना कम रहेको क्राइम ब्रान्चले जनाएको छ । गतसाताको सोधपुछमा शिल्पा प्रहरीकै सामु रोएको प्रहरीले जनाएको छ ।

कुन्द्राको घटनामा शिल्पाको कुनै संलग्नता नदेखिएको प्रहरीको ठम्याइ छ । शिल्पाले यसैसाता कुन्द्राको कम्पनीबाट राजीनामा पनि दिएकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर