विदेशबाट डिपोर्ट भएकाको क्वारेन्टिन खर्च सरकारले व्योहोर्ने – Nepal Press

विदेशबाट डिपोर्ट भएकाको क्वारेन्टिन खर्च सरकारले व्योहोर्ने

काठमाडौं । सरकारले विदेशबाट डिपोर्ट भएका नागरिकको क्वारेन्टिन खर्च व्योहोर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खर्च आफूले व्योहोर्ने निर्णय गरेको हो ।

खर्चको आवश्यक प्रबन्ध श्रम मन्त्रालयले गर्ने र अर्थ मन्त्रालयले आवश्यक रकम निकासा गर्ने निर्णय पनि बैठकले गरेको छ ।

डिपोर्ट भएका, खर्च सकिएर फर्किएका नागरिकको क्वारेन्टिन खर्च सरकारले व्योहोर्ने निर्णय गरेको कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर