शंखमुलमा माधव पक्षको स्थायी कमिटी सदस्यहरूको छलफल, भीम रावल पनि सहभागी – Nepal Press

शंखमुलमा माधव पक्षको स्थायी कमिटी सदस्यहरूको छलफल, भीम रावल पनि सहभागी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी सदस्यहरूको बैठक शंखमुलस्थि एक क्याफेमा जारी छ ।

एमालेको विघटित कार्यदलमा रहेका नेपाल पक्षका सदस्यहरूले बैठक बोलाउन माग गरेपछि नेता नेपालले नेताहरू बोलाएर छलफल थालेका हुन् ।

बैठकमा भीम रावल पनि सहभागी छन् । यसअघि भएको बैठकमा भने रावल सहभागी थिएनन् । लगत्तै माधव नेपाल टोखास्थित निवासमा गएर रावललाई भेटेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर