सुजिता मृत्यु प्रकरण: दाजु नाता पर्ने पक्राउ (भिडियो) – Nepal Press

सुजिता मृत्यु प्रकरण: दाजु नाता पर्ने पक्राउ (भिडियो)

चितवन । बेपत्ता भएको १० दिनपछि मृत भेटिएकी राप्ती-३ की सुजिता भण्डारी प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मृतक सुजिताको ठूलोबुबाको छोरा दाजु नाता पर्ने सचिन भनिने सुकदेव भण्डारीलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । उनी नाताले दाजु पर्छन् । झापाकाे झापा  गाउँपालिका- ६ शरणमतिका २३ वर्षीय  सुकदेव र सुजिताबीच विवाह गर्नेसम्मको तयारी भएको खुलेको छ ।शुकदेव भण्डारीलाई प्रहरीले काठमाडौंबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनी आफ्नै ठुलबाबाको छोरा हुन् । उनीहरु विदेशमै पुगेर विहे गर्ने सोचमा समेत थिए ।

उनी हिजो पक्राउ परेका डिसएपी इन्द्रबहादुर रानाले बताए । असार ९ गते सुजिताले विवाह गर्न प्रस्ताव गरेपछि यी दुइमा विवाद सृजना भएको थियो । असार ११ गते वेवात्ता सुजिता २० गते नजिकैको सामुदायिक वनमा मृत भेटिएकी थिइन् ।

सुकदेव विरुद्ध ज्यान सम्बन्धि कसुर अन्तर्गत ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ ।

सुजितालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आमा अम्बिका भण्डारीले ६ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेकी थिइन् । असार ११ गते साथीलाई तरकारी लिन आउँदैछु भनेर मोबाइलमा म्यासेज पठाएर घरबाट निस्केकी सुजिता १० दिनसम्म बेपत्ता भएकी थिइन् । त्यही दिन दिउँसो फोन गरेर आफू अपहरणमा परेको बताएको दिदी कविताले बताएकी थिइन् ।

तर, सुजिता असार २० गते नजिकैको सामुदायिक वनमा मृत भेटिएकी थिइन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर