पार्टीभित्र दबाबपछि राजीनामा फिर्ता लिने तयारीमा भीम रावल – Nepal Press

पार्टीभित्र दबाबपछि राजीनामा फिर्ता लिने तयारीमा भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिने भएका छन् । पार्टी अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव नेपाल लगायतको आग्रहपछि रावलले राजीनामा फिर्ता लिने भएका हुन् ।

अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमै रावलको राजीनामा फिर्ता हुनुपर्ने बताएका थिए । स्रोतकाअनुसार विहीवार ओलीले रावललाई फोन गरेर राजीनामा फिर्ता लिई पार्टी एकताको पक्षमा लाग्न आग्रह गरेका थिए ।

ओलीको आग्रह लगत्तै रावल बरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर गएका थिए । उनले नेपाललाई एकताबाट अन्यत्र नजान आग्रह गरेका छन् । नेपालले रावललाई राजीनामा फिर्ता लिन बुधवार उनको निवासमै गएर आग्रह गरेका थिए ।

१० बुँदे सहमति गराउन माधव नेपाल पक्षको वार्ता टोली संयोजकको भूमिका निर्वाह गरेका रावलले शेरवहादुर देउवालाई विश्वासको मत नदिन आफूले गरेको आग्रह नेपालले नमानेपछि सांसद पदबाट राजीनामा दिएका थिए ।

उनको राजीनामा सभामुखसमक्ष पुगे पनि स्वीकृत भएको छैन । रावल पछिल्लो समय एमाले मिलाउने अभियानमा निर्णायक भूमिकामा छन् । उनले एमाले एकता जोगाउनुपर्ने भन्दै देउवा सरकार जोगाउने जिम्मा आफूहरुको नरहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर