अमेरिकी दूतावासले डीभी विजेतालाई भिसा दिन थाल्यो, गत महीना १६ नेपालीले भिसा पाए – Nepal Press

अमेरिकी दूतावासले डीभी विजेतालाई भिसा दिन थाल्यो, गत महीना १६ नेपालीले भिसा पाए

काठमाडौं । अमेरिकी दुतावासले गत मे महिनासम्म सन् २०२१ को डीभी विजेताहरुलाई भिसा जारी गरेको छ । जुनमा १६ जना डीभी विजेताहरुले भिसा प्राप्त गरिसकेका छन् । जुलाईमा पनि सीमित संख्यामा भिसा जारी भएको छ ।

अगस्ट र सेप्टेम्बरका लागि भिसा र अन्तवार्ता हुने तयारी भइरहेको दूतावासले जनाएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुसार गत महिना २३ जना नेपालीले डाइभर्सिटी भिसा पाइसकेका छन् ।

गत महीना काठमाडौं दुतावासले कूल ३२९ जना नेपालीलाई आप्रवासी भिसा जारी गरेकोमा धेरै अमेरिकी नागरिकका बाबुआमा १९५ जना छन् । अमेरिकी विदेशमन्त्रालयले अदालतमा पेश गरेको कागजात अनुशार विश्वभरबाट जुलाई ८ सम्म आर्थिक बर्ष २०२१ का ४ हजार ३ सय ५ जनाको डाइभर्सिटी भिसा आवेदनहरुबारे निर्णय गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर