कर्णजित नेतृत्वको माओवादी केन्द्रको नाम फेरियो, अब माओवादी केन्द्र समाजवादी – Nepal Press

कर्णजित नेतृत्वको माओवादी केन्द्रको नाम फेरियो, अब माओवादी केन्द्र समाजवादी

काठमाडौं । कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र) को नाम फेरेर नेकपा (माओवादी केन्द्र समाजवादी) बनाइएको छ ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेकपा (माओवादी केन्द्र समाजवादी) ले साउन ४, ५ र ६ को केन्द्रीय समितिको बैठकले नाम परिवर्तन तथा आन्दोलनका आगामी कार्यक्रम घोषणा गरेको जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष कर्णजित बुढाथोकीले वस्तुगत अवस्थाका कारण पार्टीको नाम परिवर्तन गर्नुपरेको बताए । उनले कम्युनिष्ट सम्मेलनको आयोजना गर्ने जानकारी दिँदै भने,‘पार्टीको बैठकले कम्युनिष्ट सम्मेलनको आयोजना गर्ने निर्णय गरेको छ ।’

एमाले र माओवादी केन्द्र एकीकरणपछि असन्तुष्ट समूहले गोपाल किरातीको नेतृत्वमा माओवादी केन्द्रलाई निरन्तरता दिइएको थियो । त्यहाँ उपाध्यक्ष रहेका बुढाथोकीले किरातीमाथि कारवाही गर्दै आफूलाई अध्यक्ष घोषणा गरेका थिए ।

सर्वोच्चले फागुन २३ मा माओवादी केन्द् ब्युँताइदिएपछि पहिचानको संकटमा रहेका बुढाथोकीले पार्टीको नाम फेरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर