यातायात व्यवसायीको आन्दोलनले ट्राफिक अस्तव्यस्त, भाडा समायोजनको माग – Nepal Press

यातायात व्यवसायीको आन्दोलनले ट्राफिक अस्तव्यस्त, भाडा समायोजनको माग

काठमाडौं । भाडा समायोजन र कोरोना विरुद्धको खोप माग गर्दै यातायात व्यवसायीले सवारी साधनसहित विरोध प्रदर्शन गर्दा काठमाडौंको यातायात व्यवस्था अस्तव्यस्त भएको छ ।

कार्यालय समयमा यातायात व्यवसायीले आ-आफ्ना साधनसहित र्‍याली निकालेका कारण ट्राफिक व्यवस्थामा समस्या आएको हो । व्यवसायीले साना तथा ठूला सवारी साधन चक्रपथमा निकालेका छन् ।

१० वर्षदेखि भाडा समायोजन नभएको भन्दै व्यवसायी विरोधमा छन् । त्यस्तै यातायात मजदूरलाई खोप उपलब्ध गराउनुपर्ने, २० वर्ष पुगेका सवारी साधनको अवधि थप हुनुपर्ने, नवीकरण तथा जरिवाना छुट लगायतका माग व्यवसायीले राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर