भरतपुरको सिमलडाँडा घोलमा पुरुषको शव फेला – Nepal Press

भरतपुरको सिमलडाँडा घोलमा पुरुषको शव फेला

चितवन । भरतपुर महानगरपालिका-१७ शारदानगरमा एक पुरुष मृत भेटिएका छन् । वस्तीबाट करिब ३ सय मिटर परको सिमलडाँडा घोलमा शव भेटिएको हो ।

आज विहान ७ बजेतिर पैदलयात्रीले बाटोमा रगत देखेपछि घोलमा हेर्दा शव भेटिएको थियो । कालोपत्रे सडक नजिकैको घोलमा शव भेटिएपछि प्रहरीलाई खबर भएको थियो । जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोली घटनास्थल पुगेको छ ।

शारदानगरको सिमलडाँडादेखि डेरीचोक जाने बाटो नजिकैको घोलमा शव भेटिएको हो । स्थानीयले हत्या गरेर घोलमा शव फालिएको हुनसक्ने आशंका गरेका छन् ।

चितवन प्रहरीका प्रवक्ता सूर्यबहादुर थापाले शवको पहिचान भइनसकेको बताए । ‘अनुसन्धान टोली घटनास्थलमै छ’, उनले भने, ‘घटनाको विवरण संकलन गर्दैछौं, छिट्टै अनुसन्धानपछि तथ्य सार्वजनिक गर्नेछौं ।’ हत्या वा आत्महत्याबारे अहिल्यै भन्न नसकिने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर