कैलालीमा लागूऔषधसहित दुईजना पक्राउ – Nepal Press

कैलालीमा लागूऔषधसहित दुईजना पक्राउ

कैलाली । कैलालीमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भजनी नगरपालिका ७ चर्रा बस्ने ३० वर्षीय दिनेश चमार र कञ्चनपुरको पुनर्वास नगरपालिकापालिका ११ का २२ वर्षीय केशर राई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

चमारलाई भजनी नगरपालिका १ मा रहेको मोहन्याल सामुदायिक वन नजिकबाट लागूऔषध खैरो हिरोइन ५ ग्रामसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए ।

राईलाई धनगढी उपमहानगरपालिका ३ भन्सार नजिक नाइट्रोभेट ३० ट्याब्लेट र स्पास १६ ट्याब्लेटसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर