पूर्वाधार परियोजनामा राजनीति बन्द गर्न विज्ञको सुझाव – Nepal Press

पूर्वाधार परियोजनामा राजनीति बन्द गर्न विज्ञको सुझाव

काठमाडौं। पूर्वाधार क्षेत्रका विज्ञ र राजनीतिज्ञले पूर्वाधार परियोजनामा अनावश्यक राजनीति गर्न नहुने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले पोलिसी आन्ट्रपेन्योर्स इंक (पीइआई)सँगको सहकार्यमा आयोजना गरेको महाकाली, गण्डक र अरुण जस्ता ठूला पूर्वाधारमा घरेलु राजनीति र सार्वजनिक संवाद विषयक कार्यक्रममा उनीहरुले आर्थिक सम्वृद्धिका लागि ठूला पूर्वाधार विकास अपरिहार्य भएको बताउँदै यसमा अनावश्यक बहस गर्नु नहुने बताए ।

पूर्व अर्थमन्त्री डा। रामशरण महतले पूर्वाधार विकासलाई राजनीतिक रुपमा नहेरी राष्ट्रको हितलाई ध्यानमा राखेर आयोजना सञ्चालन गरिनुपर्नेमा जोड दिए । अरुण तेस्रो पञ्चायतकालमै अध्ययन भई २०४८ मा सरकारले एक अर्ब अमेरिकी डलर तथा विश्व बैंक र एशियाली विकास बैंकबाट एक अर्ब अनुदान प्राप्त गरी सञ्चालन आउन लागेकामा तत्कालीन प्रमुख प्रतिपक्षी दलले रोकेको उनको भनाई थियो ।

सार्वजनिक निकायबाट लगानी असम्भव भएमा निजी क्षेत्र र वैदेशिक लगानी ल्याउनुपर्ने बताउँदै प्रतिष्पर्धात्मक रुपमा परियोजना अगाडी बढाएमा नेपालले ठूलो फाइदा लिन सक्ने महतले बताए ।

राष्ट्रिय योजना आयोगका पुर्व सदस्य एवं राष्ट्रिय सभाका सदस्य डा। बिमला राई पौडेलले पूर्वाधारका आयोजनामा प्रतिष्पर्धामा ठेक्का भनिएपनि स्वस्थ रुपमा काम हुन नसकेको बताइन ।

‘विद्यार्थीकालमा म पनि अरुण तेस्रोका विरुद्ध नारा लगाएर हिँडे, अहिले एमसिसीका विरुद्ध त्यस्तै भइरहेको छ, म पनि एमसीसी पास गरिस् भन्ने पक्षमा छ । यस्ता विषयमा सरकारले सार्वजनिक रुपमा सही जानकारी गराउनुपर्छु,उनले भनिन् ।

सत्तामा हुँदा र सत्ता बाहिर हुँदा राजनीतिक नेताहरुमा एउटै परियोजनाबारे पक्ष र विपक्ष हुने प्रवृत्ति विकासका लागि ठूलो घातक भएको उनले टिप्पणी थियो ।

आइबीएनका पूर्व प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले पूर्वाधार आयोजनामा निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने गरी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । निजी क्षेत्रमार्फत र प्रतिष्पर्धात्मक रुपमा परियोजना अघि बढाउँदा यसले लगानी आकर्षण गर्न सहयोग पुग्नेमा पन्तले जोड दिए ।

ठूला पूर्वाधार आयोजनाप्रति नेपालमा नकारात्मक धारणा बढी रहेको बताउँदै विकास निर्माण पूर्ण रुपमा प्राविधिक विषयक भएकोले यसलाई राजनीतिभन्दा पनि आर्थिक र सामाजिक फाइदाको दृष्टिकोणले हेर्नुपर्नेमा विज्ञहरुले जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *