प्युठानको माडी नदीमा बगेर दुई बालिका बेपत्ता – Nepal Press

प्युठानको माडी नदीमा बगेर दुई बालिका बेपत्ता

रूपन्देही । गोठालो गएका बेला नदीमा पौडी खेल्ने क्रममा प्युठानको माडी नदीमा बगेर दुई वालिका बेपत्ता भएका छन् ।

सरुमारानी गाउँपालिका–४ बैके निबासी बोमबहादुर थापा मगरकी ८ वर्षीया छोरी विपना थापा मगर र मान्द्रे निवासी नुम बहादुर थापा मर्साङी मगरकी ७ वर्षीया छोरी सर्मिला थापामगर वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

सोमबार अपरान्ह पौडी खेल्नेक्रममा उनीहरु नदीमा बगेको थाहा भए पनि मंगलबार बिहानसम्म अवस्था पत्ता नलागेको गैरेले नेपाल प्रेसलाई बताए । उनीहरू घरबाट बाख्रा चराउन गएको र नदीमा पौडी खेल्नेक्रममा बगेर बेपत्ता भएको स्थानीयलाई उदृत गरी गैरेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *