कार किनेपछि नायक पुष्प खड्का र प्रकाश सपुत लेख्छन् : कलाकार भएर पनि कार चढ्न सकिन्छ है – Nepal Press

कार किनेपछि नायक पुष्प खड्का र प्रकाश सपुत लेख्छन् : कलाकार भएर पनि कार चढ्न सकिन्छ है

काठमाडौं । मनोरञ्जन क्षेत्रका सेलेव्रिटीका लागि कार प्रतिष्ठाको सूचक पनि हो । आम्दानीमा वृद्धि हुन थालेपछि बढेको लिभिङ स्ट्यान्डर्ड सँगै कलाकार महंगा सवारी साधनप्रति आकर्षित हुन थालेका छन् ।

पछिल्लो साता गायक प्रकाश सपुत र नायक पुष्प खड्का यही कुराले चर्चामा रहे । ५० लाखभन्दा बढी मूल्यको कार किनेपछि यी दुई समकालिन कलाकार चर्चामा छन् । अहिलेका कलाकारले कार चढ्ने हैसियत पनि राख्छन् भन्ने सन्देश सामाजिक संजालमा हुने गरेको छ ।

‘मारुनी’ फेम्ड अभिनेता खड्काले सोमबार ७० लाख मूल्य पर्ने कार खरिद गरे । क्रेटाको उक्त मूल्यको कार किनेपछि पुष्पले आफ्नो सपना पुरा भएको बताएका छन् ।

कैलाली जन्मथलो भएका पुष्पले मिहेनतले कार किनेको भन्दै खुशि बाँडेका छन् । उनले यसका लागि दर्शक र निर्मातालाई धन्यवाद समेत दिएका छन् । कोरोना कहरले फिल्मको काम ठप्प भएपछि पुष्पका लागि म्युजिक भिडिओ आम्दानीको प्लेटफर्म बनेको छ ।

गत महीना कार चढ्ने सेलेव्रिटीको सूचीमा अटाए गायक प्रकाश सपुत । उनले ५० लाख मूल्य पर्ने हुन्डाइ क्रेटाको कार खरिद गरे । त्यसपछि उनले फेसबुकमा स्टेटस लेखे, ‘कलाकार भएर पनि कार चढ्न सकिन्छ है ।’

हुन त, सेलेव्रिटीको लागि सवारी साधनको कुरा नयाँ हैन, यद्यपी संघर्ष र सिर्जनशिलताले सफल हुने कलाकारका लागि यो एउटा हौसला पनि हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर