लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने माओवादी नेताको चेतावनी – Nepal Press

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने माओवादी नेताको चेतावनी

रुपन्देही । लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा माओवादी केन्द्रका नेता सुदर्शन बरालले नैतिकताको आधारमा मुख्यमन्त्री शंकर पोखरेलले पद नछाडेपछि कानुनी र राजनीतिक हिसाबले प्रतिवाद गरेर छिट्टै पदबाट हटाउने बताएका छन् ।

मुख्यमन्त्री पोखरेलको पक्षमा मात्र ३८ जना सांसद रहेकोले स्वत मुख्यमन्त्रीको पद त्याग्नुपर्ने भएपनि त्यसो नगरेकाले कानुनी उपचारका लागि तयारी गर्नुपरेको नेता बरालले बताए ।

प्रेस संगठन गुल्मीले गरेको पत्रकार भेटघाटमा बरालले भने -लुम्बिनी प्रदेशमा अहिले कुल ८३ जना सांसद रहेका छन्, बहुमत पुग्नका लागि ४२ जना सांसद चाहिन्छ, जुन मुख्यमन्त्री पोखरेलसँग नभएकोले उनले गएको बैशाख २९ गते नैतिकताको आधारमा पद छाड्नुपर्दथ्यो ।

नेता बरालले खास ब्यक्तिको खराब प्रवृत्तिका कारण वर्तमान राजनीतिक घटनाक्रमले जीवन रुपान्तरण गलत तरिकाले हुने धारणा राखेका थिए ।

आफूसँग अल्पमत भएपछि विपक्षमा बस्नुपर्ने र बहुमत भएपछि सत्तामा हुनुपर्ने भएपनि त्यसका लागि अदालत जानुपर्ने बाध्यताले खराब सन्देश दिने उनले स्पष्ट पारे । नेता बरालले आफू निर्वाचित क्षेत्रमा नागरिक सन्तुष्ट हुनेगरी काम गरेको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर