सिक्सर पेस्तोल सहित ३ जना पक्राउ – Nepal Press

सिक्सर पेस्तोल सहित ३ जना पक्राउ

रौतहट । रौटहट प्रहरीलेसिक्सर पेस्तोलसहित ३ भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले मौलापुर नगरपालिका -५ स्थित कलैया सडकबाट १ थान सिक्सर पेस्तोलसहित भारतीयलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत मोतिहारीग्राम बिजबनी बिहार घर बताउने २४ वर्षीय देवेन्द्र यादव लगायत ३ जना रहेका छन् ।उनीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले बिआर ०५ एपि ४०१६ नम्बर र बिआर ०५ ई ६४३४ नम्बरको मोटसाइकल जाँच गर्दा बिआर ०५ एपि ४०१६ नम्बरको मोटरसाइकल चालक देवेन्द्रलाई उक्त पेस्तोल सहित फेला पारी दुवै मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर