जापानद्वारा देउवालाई बधाई, महामारीविरुद्ध सघाउने जापानी प्रतिबद्धता
राजदूतले भने : १६ लाख डोज खोप चाँडै आउँछ

२०७८ साउन ४ गते १२:०७

काठमाडौं । जापानले कोभिड-१९ महामारीविरुद्ध नयाँ सरकारसँग मिलेर काम गर्ने जनाएको छ ।
संसदबाट विश्वासको मत लिइसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै राजदूत किकुता युकुताले महामारीविरुद्ध जापान नेपालको साथमा रहेको बताएका हुन् ।
जापानी दूतावासद्वारा जारी विज्ञप्तिमा राजदूतले सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।
सन् २०२२ मा नेपाल र जापानबीचको सम्बन्ध १२० औं वर्षगाँठको रुपमा मनाइने उल्लेख गर्दै राजदूतले देउवाको कार्यकालमा नेपाल-जापान सम्बन्ध थप प्रगाढ हुने जनाएका छन् ।
जापानले यसैसाता घोषणा गरेको १६ लाख डोज आस्ट्राजेनेका खोप चाँडै ल्याउने समेत उनले जनाएका छन् ।
प्रतिक्रिया