प्रधानमन्त्री देउवाद्वारा जोन्सन खोप अभियान शुभारम्भ, ७७ वटै जिल्लामा लगाइँदै (भिडियो) – Nepal Press

प्रधानमन्त्री देउवाद्वारा जोन्सन खोप अभियान शुभारम्भ, ७७ वटै जिल्लामा लगाइँदै (भिडियो)

खोप केन्द्रमा भीडभाड नगरी लगाउन निर्देशन

काठमाडौं । स्वास्थ्य मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि सुरु भएको जोन्सन एन्ड जोन्सन खोप अभियानको शुभारम्भ गरेका छन् ।

जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पताल पुगेर देउवाले अभियान शुभारम्भ गरेका हुन् । उनले उक्त खोप केन्द्रको निरिक्षण समेत गर्दै भीडभाड नगरी खोप लगाउन निर्देशन दिए ।

स्वास्थ्य सचिव लक्ष्मण अर्याल र मन्त्रालयका अन्य पदाधिकारीलाई सँगै लिएर त्यहाँ पुगेका देउवाले खोप केन्द्रको उचित व्यवस्थापन गरेर खोप लगाउन निर्देशन दिए ।

जोरपाटीको उक्त खोप केन्द्रमा तिब्बती शरणार्थीले पनि खोप लगाउने जनाइएको छ । देउवाले वीर, पाटन, शिक्षण अस्पताल लगायतका अन्य खोप केन्द्रको समेत निरिक्षण गर्ने भएका छन् ।
मुलुकका ७७ वटै जिल्लामा आजदेखि जोन्सन खोप अभियान सुरु भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *