माधव नेपालले भने : निरंकुशतामा अंकुश लाग्यो, जनताको जित भयो – Nepal Press

माधव नेपालले भने : निरंकुशतामा अंकुश लाग्यो, जनताको जित भयो

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत प्राप्त गरेपछि जनताको जित भएको प्रतिक्रिया दिएका छन् । उनले आजको मत परिणामबाट संविधान जोगिएको समेत बताए ।

पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै नेपालले भने, ‘संविधान जोगियो, संविधान निर्माताको भावनाको सम्मान भयो । निरंकुश प्रवृत्तिमाथि अंकुश लाग्यो । सर्वोच्चको ऐतिहासिक फैसलाको हामीले उचित कदर गरेका छौं ।’

उनले थपे, ‘यो जनताको जित हो, लोकतन्त्रको जित हो र संविधानको जित हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर