दीपक चौधरीको ‘पूर्वी एसियाको आँखिझ्याल’ सार्वजनिक – Nepal Press

दीपक चौधरीको ‘पूर्वी एसियाको आँखिझ्याल’ सार्वजनिक

काठमाडौं । पूर्वी एसियाली मुलुकको आर्थिक–सामाजिक जनजीवनको चित्रण गरी लेखिएका लेखहरूको संकलन ‘पूर्वी एसियाको आँखिझ्याल’ सार्वजनिक भएको छ ।

आइतबार साहित्यकार रामदयाल राकेश, निबन्धकार दीपक सापकोटा, कवि निर्भीकजंग रायमाझी र लेखक दीपक चौधरीले पुस्तक सार्वजनिक गरेका हुन् ।

पुस्तक ‘नियात्रा’ र ‘विकास एक विवेचना’ गरी दुई अध्यायमा विभाजन गरिएको छ । पहिलो अध्यायमा भ्रमणका रोचक संस्मरण तथा दोस्रोमा ती देशका आर्थिक–सामाजिक अवस्थाको चित्रण गर्दै लेखिएका विश्लेषणात्मक लेखहरू समेटिएका छन् ।

विद्यावारिधि शोध–अध्ययन गरिरहेका लेखक चौधरीका राष्ट्रिय तथा अन्तरराष्ट्रिय जर्नलहरूमा अनुसन्धानमूलक लेखहरू प्रकाशित छन् ।

यसअघि उनका ‘नेपालको मधेशी समाज’, ‘तराई–मधेश अफ नेपाल ः एन्थ्रोपोलिजकल स्टडिज’ तथा ‘रुपान्तरण’ पुस्तक प्रकाशित भइसकेका छन् ।

‘पूर्वी एसियाको आँखिझ्याल’ भने चौधरीले आफ्नो मलेसिया , सिंगापुर, भियतनाम, कम्बोडिया, थाइल्याण्ड र श्रीलंकाको यात्रालाई केन्द्रमा राखेर लेखेको पुस्तक हो ।

३ सय ९९ रुपैयाँ मूल्य रहेको पुस्तक ‘इन्डिगो–इन्क’ले प्रकाशन गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर