पर्यटन प्रवर्द्धन गर्न सैनामैनामा साइकलयात्रा – Nepal Press

पर्यटन प्रवर्द्धन गर्न सैनामैनामा साइकलयात्रा

रुपन्देही । स्थानीय पर्यटकीय क्षेत्रको प्रचार गरी पर्यटन प्रवर्द्धन गर्न रुपन्देहीको सैनामैना गाउँपालिकाले करिब ४५ किलोमिटर चक्रपथमा साइकलयात्रा संचालन गरेको छ ।

पालिकाले विश्व साइकलयात्री पुस्कर शाहसहितको टोलीलाई साइकलयात्रा गराएको हो ।

साइकलयात्रामा नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीसहित करिब ६ दर्जन व्यक्ति सहभागी रहेको प्रेस सल्लाहकार टीका खरेलले जानकारी दिए ।

स्थानीय मुर्गिया बजारबाट शुरु भएको यात्रा गर्न करिब सात घण्टा लागेको थियो । उनीहरुले बोलबम धाम, जर्लैया, सिमसार क्षेत्र, रानीकुवा, राजाकुवा, मलमला मन्दिरलगायतका क्षेत्रको अवलोकनसमेत गरेका छन् ।

नगरप्रमुख चित्रबहादुर कार्कीले साइकल यात्राले यहाँको पर्यटकीय क्षेत्रको प्रचार गर्ने मुख्य उद्देश्य रहेको बताए । ‘यसबाट पर्यटन प्रवद्र्धन हुनाका साथै ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पहिचान हुनेछ’, नगरप्रमुख कार्कीले भने ।

कोरोना संक्रमणका कारण सुस्ताएको पर्यटन क्षेत्रलाई सर्तकता र स्वास्थ्य सुरक्षासहित कार्यक्रम अगाडि सारिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर