एमाले सांसदलाई सरकारमा आउन हामीले आव्हान गरेका होइनौं- कांग्रेस सचेतक शाही – Nepal Press

एमाले सांसदलाई सरकारमा आउन हामीले आव्हान गरेका होइनौं- कांग्रेस सचेतक शाही

सुर्खेत । कर्णाली प्रदेश सरकारले नयाँ आर्थिक वर्षका लागि अध्यादेशमार्फत बजेट ल्याएपछि सत्तारुढ दलका लागि त्यो बाध्यता भएको कांग्रेस कर्णालीले निष्कर्ष निकालेको छ ।

कांग्रेस संसदीय दलका सचेतक हिमबहादुर शाहीले सदनबाटै बजेट पारित गर्ने सत्तारुढ दलको चाहनामा एमालेको अन्तरसंघर्ष हावी हुँदा अध्यादेशमार्फत बजेट आएको बताए ।

‘असार एक गतेदेखि उहाँहरुले निरन्तर अवरोध गरिरहनुभएको हो। प्रमुख प्रतिपक्षी दलका माग पूरा गर्ने अवस्थामा कांग्रेस र माओवादी थिएनौं । त्यो उहाँहरुको अन्तरसंघर्ष थियो । उहाँहरुको दलको समस्या हामी कसरी समाधान गर्न सक्छौं ?,’ सचेतक शाहीले नेपाल प्रेससँगको कुराकानीमा प्रतिप्रश्न गरे, ‘एमालेका तीन जना सांसदलाई सरकारमा आउन हामीले आव्हान पनि गरेका होइनौं नि ? उहाँहरुले राजीनामा दिएर गएको भए पनि हामीले बोल्ने अवस्था हुँदैन ।’

उनले कांग्रेस दलको वैठकले सरकारले ल्याएको अध्यादेशमार्फतको बजेटलाई कर्णालीको समुन्नतीका लागि खर्च गर्ने निर्णय गरेको जानकारी दिए । ‘

‘अध्यादेश ल्याउनु सत्तारुढ दलहरुको रहर होइन, बाध्यता थियो । त्यो कुरा प्रष्टै यहाँहरुले बुझ्नु भएको छ । अध्यादेशले समग्र कर्णालीको रुपान्तरण गर्न भूमिका खेल्ने र त्यसलाई कार्यान्वयन गर्नुपर्छ र गरेर जानुपर्छ भन्ने काँग्रेसको निर्णय छ,’ उनले भने, ‘यदि एमाले अध्यादेश विरुद्ध न्यायालय जान्छ भने पनि न्यायालयको आदेश मान्न हामी तयार छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर